एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दै

एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज १२ बजे बस्दैछ । पार्टी विभाजन भएपछि पहिलोपटक आज तुल्सीलाल प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेका छन्। निर्वाचन आयोगबाट उक्त पार्टी बुधबार दर्ता भई प्रमाण पत्र पाइसकेको छ।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न विषयहरूमा छलफल गर्न एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हाे। एमालेले मंसिरमा महाधिवेशन पनि तोकेको छ। 

Logo