माधव कुमार नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बिहीबार प्रेस विज्ञप्तिमार्फत सबैलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए ।
उने विज्ञप्तिमा भनेका छन्- 'नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ ।'
'नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गर्नुभएको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ', विज्ञप्तिमा भनिएको छ, 'नेकपाको पुनर्गठन र रूपान्तरणको यस महाअभियानमा आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पु¥याउनुहुन सवैमा हार्दिक आह्वान गर्दछौँ ।'






























प्रतिक्रिया