सभामुखबाट अपेक्षा थिएन, अब कानुनी उपचारका लागि सर्वोच्च जान्छौंः एमाले

सभामुखबाट अपेक्षा थिएन, अब कानुनी उपचारका लागि सर्वोच्च जान्छौंः एमाले

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले दल सभामुख अग्निप्रसाद सापकोटाको पछिल्लो निर्णय विरुद्ध निर्णयको कपि पाउनसाथ सर्वोच्च अदालत जाने भएको छ।

दलले गरेको कारवाही १३ दिन झुलाएर अन्तिममा कारवाही गर्नु नपर्ने निर्णय गैरसंवैधानिक रहेको ठहर गर्दै एमाले सर्वोच्च जाने भएको हो।

एमालेले आफ्ना १४ सांसदमाथि ह्वीप उल्लंघन गरेको भन्दै १ भदौमा कारवाही गरेको थियो भने सोही दिनैं संसद सचिवालय र आयोगलाई जानकारी गराएको थियो।

तर, संसद सचिवालयले कारवाहीलाई बेवास्ता गर्दै १३ भदौमा कारवाही गरिरहनु नपर्ने निर्णय सुनाएको थियो।

यता एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने सभामुख सापकोटाबाट त्योभन्दा बढी अपेक्षा नरहेको बताएका छन्।

उनले भने,‘सभामुखसँग योभन्दा बढी अपेक्षा थिएन । उहाँले निष्पक्ष रहनुपर्ने व्यक्ति दलको कार्यकता भएर कलंकको टीका लगाउनु भयो । हामी निर्णयको प्रति प्राप्त गरेपछि सर्वोच्च जान्छौं’। त्यस्तै निर्वाचन आयोगको निर्णयप्रति पनि सर्वोच्च जाने उनले बताए।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आयोगले निर्णयको फैसलाको कपि आजसम्म पनि नदिएको हुँदा अहिलेसम्म सर्वोच्च नगएको तर, फैसलाको पत्र आए लगत्तै सर्वोच्च जाने त्यसको लागि काजगात तयार रहेको उनले बताए।

 

Skip This
Skip This
Logo