के माधव नेपालले वामदेवलाई सह-अध्यक्ष बनाउलान्?

के माधव नेपालले वामदेवलाई सह-अध्यक्ष बनाउलान्?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा जाने चर्चा चलिरहेको छ।

त्यसका लागि उनले विभिन्न सर्त राखेको पाइएको छ। उपाध्यक्ष गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेको स्रोतले जनाएको छ।

नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्। 

समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेका हुन्।

त्यसो त पछिल्लो समय माधव नेपाल समूहकै दश स्थायी कमिटी एमालेमा फर्किएपनि नेता गौतम अझै बैठकमा सहभागी भएका छैनन्। उनी नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष हुन्। अहिले उनी तटस्थ बसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेको जस्तो देखिन्छ।

तथापि गौतमकी पत्नी तुलसा थापा नेपालको समाजवादीतिर खुलेकी छन्। तुलसा नेपाल नेतृत्वको नेकपा एसमा जाने भन्दै ९ भदौमा निर्वाचन आयोगमा सनाखत गर्न पुगेकी थिइन् । तर आयोगले उनीसहित ६ जनालाई सनाखत गर्न दिएन । तथापि उनी एमालेमा फर्किसकेकी भने छैनन्।

त्यस्तै उनले पछिल्लो समय दिएको अभिव्यक्ति र एमाले पार्टीले यसअघिको आधिकारिक स्थायी कमिटी बैठकमा नजानुले पनि उनी एमाले नभएर नेकपा एसमा मिल्लान् भन्ने आँकंलन गरिएको छ।

तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार भने गरिनसकेको उनी पक्षीय स्रोतले बतायो।  स्रोतका अनुसार आफूहरूले उनको प्रस्तावलाई स्वीकार गर्न नसकिने भनेर स्पष्ट रुपमा नेपाललाई जानकारी गराएको बताएको छ।

तथापि गौतमले भने समाजवादी पार्टीमा लाग्नको लागि अध्यक्ष र सह–अध्यक्षको प्रावधान हुनुपर्ने प्रस्ताव अघि सारिरहेको र त्यसमा सह–अध्यक्ष आफूलाई बनाइनुपर्ने अडान राखिरहेको पनि स्रोतले बतायो।
यता एमालेका एक नेताले पार्टीमा वामदेव फर्किए नफर्किए केहि फरक नपर्ने बताएका छन्।

उहाँ अवसरवादमा लाग्नु भएको छ, यतापनि बार्गेनिङ गर्ने उता पनि बार्गेनिङ गर्ने जता पद पाईन्छ त्यतै लाग्ने प्रवृति देखाई राख्नु भएको छ, उहाँलाई मन्त्री बनाउछु भने त्यतै बस्नुहुन्छ, के फरक पर्छ र उहाँ पार्टीमा नफर्किदा भन्दै उहाँको चोखो मनासय रहे सबै बैठकमा आउदा उहाँ पनि आउनु पर्ने तर्क ती नेताले गरे।

नवगठित पार्टीमा गौतम आउने आशा अझै पनि नेपाल पक्षले गरे छ। पार्टी गठनकै दिन ट्वीट गर्दै समाजवादी पक्षले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको नाम राखेर ब्यानर सार्वजनिक गरेको थिए। तर, उक्त कुरामा गौतमले आपत्ति जनाएका थिए।
 

Skip This
Skip This
Logo