माधव नेपालको पार्टी कार्यालयः मिनभवन जाउँ कि बबरमहल ?

माधव नेपालको पार्टी कार्यालयः मिनभवन जाउँ कि बबरमहल ?

केन्द्रबिन्दु
0
Shares

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टी  गठन भएको एक सातासम्म पनि पार्टीको केन्द्रीय कार्यालय राख्ने स्थान भेट्न सकेको छैन । 

निर्वाचन आयोगमा दल दर्ता गर्दा नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको विवरण बुझाइए पनि बानेश्वरको अर्याल होटल र होटल छेउको एउटा स्कुलबाट पार्टी सम्पर्कको काम हुँदै आएको छ । 

बानेश्वर आसपास कार्यालय नभेटेपछि यतिवेला बबरमहल र बिजुली बजारबीचको आर्कब्रिज नजिकै रहेको एउटा कम्पाउन्डसहितको तीनतले घरमा कार्यालय राख्ने विषयमा कुराकानी भइरहेको सो पार्टीका नेताहरूले बताएका छन् । सो घर बबरमहलतर्फ किंग्स कलेजको छेउमै पर्छ ।

नेताहरूका अनुसार मिनभवनमा पनि एउटा घर भेटिएको छ तर टुंगो भने लागिसकेको छैन । 

अध्यक्ष माधव नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार मंगलबार दिनभर कार्यालयका लागि मिनभवन जाने कि बबरमहल भन्ने विषय टुंगो लाग्दैछ । उनले दुवैतर्फ घर हेरिएको, तर फाइनल नभएको  बताए । न्युज कारखानाबाट
 

Skip This
Skip This
Logo