बागमतीकी मुख्यमन्त्री शाक्य अल्पमतमा, माधव नेपाललाई साथ दिने १२ प्रदेश सांसद (सूचीसहित)

बागमतीकी मुख्यमन्त्री शाक्य अल्पमतमा, माधव नेपाललाई साथ दिने १२ प्रदेश सांसद (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन्। एमालेबाट निर्वाचित प्रदेशसभाका सांसदहरूले नवगठित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी हुन्।

एमालेबाट निर्वाचित बागमती प्रदेशका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेको बताइएको छ। मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई ती सांसदहरूले एकीकृत समजवादीमा रहन चाहेको आशय व्यक्त गरेपछि प्रक्रिया अगाडि बढिसकेको छ। 

भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले एक महिनाभित्र विश्वासको मत नलिए उनी नेतृत्वको सरकार ढलेर नयाँ सरकार गठन हुने बाटो खुल्ने देखिन्छ। 

१ सय ९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद रहेका थिए। दल विभाजनपछि एमालेका १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेपछि प्रदेशसभामा एमाले सांसदको संख्या ४४ मा सीमित भएको छ, जुन सरकार गठन गर्न चाहिनेभन्दा कम संख्या हो। प्रदेशमा सरकार गठन गर्न ५५ सांसदको समर्थन जरुरी पर्छ। 

माधव नेपालको पक्षमा लागेका बागमती प्रदेशका १२ सांसद

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
वसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल
 

Logo