बागमतीको प्रदेश सरकार मेरै नेतृत्वमा बन्छः राजेन्द्र पाण्डे

बागमतीको प्रदेश सरकार मेरै नेतृत्वमा बन्छः राजेन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् ।

मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले सो प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन् । 

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसहरुले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे । 

नेता पाण्डेले सत्तारुढ दलहरु सबैले  मुख्यमन्त्रीमा आफूलाई सहमति दिएको बताउँदै भने, ‘अवको सरकार मेरै नेतृत्वमा बन्छ । पार्टीको तर्फबाट त मलाई नै अघि सारिएको छ । सबै दलको सहमतिको क्यान्डिडेट हो म ।’

स्मरण रहोस् नेकपा एकीकृत समाजवादीका नेता माधव पौडेलले पनि आफूलाई बागमतीको प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् ।
 

Logo