राप्रपाको महिला संगठनले दर खाने कार्यक्रम नराख्दै मृगौला पीडितलाई सहयोग गर्ने

राप्रपाको महिला संगठनले दर खाने कार्यक्रम नराख्दै मृगौला पीडितलाई सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध महिला संगठनले तीजको दर खाने जमघटको सट्टा मृगौला पीडितलाई सहयोग गर्ने निधो गरेको छ। 

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडकभन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको हो।

राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावना बमोजिम यसपालीको तीजमा जमघट गरेर दर खाने कार्यक्रम नगर्ने, बरू सोही रकम जम्मा गरेर मृगौला पीडितलाई सहयोग गर्ने निष्कर्ष लिएको हो।

यस पवित्र कार्यमा मद्दत गर्ने सम्पूर्ण सहयोगीलाई महिला नेतृ विन्दा गिरीले हार्दिक आभार पनि प्रकट गरेकी छिन्। 

Skip This
Skip This
Logo