कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चको अन्तरिम आदेशसँगै अब प्रमुख गौतमले भोलिदेखि नै कर्मचारी सञ्चय कोषमा काममा फर्कन पाउने भएका छन्।
बिहिबार सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले प्रमुख गौतमलाई हटाउने सरकारी निर्णयमा रोक लगाइदिएको हो । रिटमा थप सुनुवाइ हुन बाँकी रहेको छ । सुनुवाइपछि मुद्दाको अन्तिम किनारा लाग्नेछ ।
प्रमुख गौतमलाई गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया