संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर: कमल थापा

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अङ्ग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन्। नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र दुरुपयोग भएको थापाको दाबी थियो। शुक्रबार मकवानपुरको हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित अगुवा युवा भेलालाई सम्बोधन गर्दै थापाले राजनीति समाजसेवा भन्दा पनि ब्यापार भएकोमा चिन्ता प्रकट गरे।

"स्वार्थी एवं भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरुको माफिया गठबन्धनले नेपालमा प्रजातन्त्रलाई वन्धक बनाएको छ भन्दै थापाले गाउँदेखि केन्द्रसम्मको राजनीति यही माफियाले प्रदुषित गरेको बताए।जबसम्म यो माफियातन्त्रलाई पराजित गर्न सकिन्न, तबसम्म प्रजातन्त्र जनताको हितका लागि हुँदैन"  थापाले भने । 

इमान्दार र विकासप्रेमीभन्दा माफिया, व्यापारी, बिचौलिया राजनीतिमा हाबी भएको भन्दै थापाले राजनीति भ्रष्टिकरण तर्फ गइरहेकोमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका जरुरी भएको बताए। भ्रष्टाचार, अनियमितता र लुट हाबी भएको राष्ट्रिय र प्रजातन्त्र कमजोर भएको तर्फ नयाँ पुस्ताको चासो हुनुपर्ने भन्दै थापाले मुलुकको समग्र आर्थिक विकास राज्य सन्चालकहरुको देखाउँने दाँत मात्र भएको बिचार ब्यक्त गरे । 

भएका उद्योग धन्दा कौडीको मूल्यमा बेच्ने, युवालाई रगत पसिना बगाउन मरुभूमिमा जान बाध्य बनाउने सत्तारुढ दलहरुले युवालाई निराश बनाएको आरोप लगाए। कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारीले राप्रपामा अहिले कमल थापाको विकल्प नभएको भन्दै महाधिवेशन, संगठन र निर्वाचन केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। 

कार्यक्रममा नेताहरु राजाराम बर्तौला, गुरु सापकोटा, दामोदर वाग्ले, शुक्र प्रजा, अर्जुन ढुङ्गाना, भृगु कार्की, किशोर मैनाली, अमृत पाठक, समेन्द्र लामा, लक्ष्मण सापकोटा लगायतले बोलेका थिए। सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई थापाले स्वागत गरेका थिए।

Skip This
Skip This
Logo