काठमाडौं । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ । शुक्रबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा उक्त प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्नेछ ।
राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाइने छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच दाङमा राजधानी बनाउने सहमति भएको थियो ।





























प्रतिक्रिया