कांग्रेस महाधिवेशनविरुद्धको मुद्दा भट्टराई र माथेमाको इजलासमा

कांग्रेस महाधिवेशनविरुद्धको मुद्दा भट्टराई र माथेमाको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिटको सुनुवाइ आज हुँदै छ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सुस्मालत्ता माथेमाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। रिट निवेदक बैद्य बागमती प्रदेश सभा सदस्य हुन्। 

उनले रिटमा कोरोना महामारीका कारण महाधिवेशन रोक्नुपर्ने माग गरेका छन्। महाधिवेशन भए लाखौं मानिसहरूको स्वास्थ्य जोखिममा पर्ने उनको तर्क छ।

यही भदौ १८ गते उनले सर्वोच्चमा रिट दायर गरेका हुन्। २० गते सुनुवाइका लागि रिटको पेसी तोकिए पनि समय अभावका कारण देखाउँदै सर्वोच्चले ‘हेर्न नभ्याइने’ भनेको थियो।

सांसद बैद्यले महाधिवेशन प्रक्रिया रोक्न माग गरे पनि १८ भदौदेखि नै कांग्रेसको वडा अधिवेशन सुरु भएको छ। केही जिल्लाको वडामा भने बाँकी छ। 
 

Logo