कांग्रेसको १४औँ महाधिवेशनः प्रदेश २ मा कुनै पनि वडामा भएन अधिवेशन

कांग्रेसको १४औँ महाधिवेशनः प्रदेश २ मा कुनै पनि वडामा भएन अधिवेशन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन २ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन। प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ।

कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवादले प्रदेश–२ मा वडा अधिवेशन अनिश्चित बन्दा निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो। प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुङ्गिएपछि वडा अधिवेशन हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

प्रदेश–२ मा आजसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन। क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्योलमा परेको कांग्रेस धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पञ्जियारले बताए।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र ४ का सभापतिसमेत रहेका पञ्जियारले भने, “वडा अधिवेशन भदौ २६ र २७ गते हुने चर्चा चले पनि त्यो अब सम्भव छैन, अधिवेशनका लागि क्रियाशील सदस्यताको नै टुङ्गो लागि सकेको छैन।” 

त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिशोर सिंहले प्रदेश २ मा भदौमा अधिवेशन प्रारम्भ हुने सम्भावना नदेखिएको जनाए।

Skip This
Skip This
Logo