कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित : यी तहको हुँदैछ अधिवेशन मिति हेरफेर

कांग्रेस महाधिवेशन कार्यतालिका फेरि प्रभावित : यी तहको हुँदैछ अधिवेशन मिति हेरफेर

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ।

शुक्रबार बसेको पदाधिकारी बैठकले प्रदेश र केन्द्रबाहेकको तल्लो तहको अधिवेशनको मितिसहितको तालिका हेरफेर गर्ने निर्णय गरेको छ।

निर्णयअनुसार चार तहको अधिवेशन तालिका हेरफेर हुने भएको हो।

–    गाउँ/नगर, उपमहानगर र महानगरपालिकाको अधिवेशन
–    प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशन
–    प्रतिनिधिसभा क्षेत्रीय समितिको अधिवेशन
–    जिल्ला समितिको अधिवेशन

बैठकमा २७ भदौका लागि निर्धारित गाउँ/नगर अधिवेशन ९ असोजमा र १ असोजमा भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन ११ असोजमा गर्ने प्रस्ताव भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार ५ असोजमा गर्ने भनिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १३ गते प्रस्ताव गरिएको भएको छ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशनको मिति असोज १६ का लागि प्रस्ताव गरिएको छ।

स्रोतका अनुसार क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी जिल्लाहरूको वडा अधिवेशन भदौ ५ मा गर्ने विषयमा बैठकमा छलफल भएको छ।

हाल कांग्रेसको २१ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छ।

५६ जिल्लाको मात्रै विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएका जिल्लाहरूको पनि जिल्लाको वडाहरूमा अधिवेशन हुन बाँकी छ। 

विवादका कारण अधिवेशन हुन सकिरहेको छैन।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ गतेदेखि तोकिएको छ। महाधिवेशन अघि गर्नुपर्ने वडा तहको अधिवेशन सकिने क्रममा छ।
 

Logo