काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार प्राधिकरणका सिइयो ज्ञवालीले आफूमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि ज्ञवाली होम आइसोलेसन बसेका छन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ ।
उनले ट्वीटरमा लेखेका छन्–‘पुनर्निर्माणको काममा सकृय रुपमा लागिरहेका बेला केही लक्षण देखिएपछि परीक्षण गराउँदा कोभिड–१९ रिपोर्ट पोजेटिभ देखिएको छ । तसर्थ म होम आइसोलेनमा छु । र, स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँछु ।’





























प्रतिक्रिया