आज सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद् विस्तारबारे छलफलको लागि सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा यसअघि गत शुक्रबार पनि छलफल भएको थियो । सो छलफलमा प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलहरुसँग मन्त्री बन्नेको नाम दिन आग्रह गरेका थिए । 

गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रिपरिषद् विस्तार गर्न धेरै ढिला भइसकेकोले तत्काल यसलाई पूर्णता दिन जोड गरेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दुई महिना बितिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

Logo