एमालेका सांसदहरू सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान पाऊँ भन्दै दायर रिटको सुनुवाइ आज हुँदैछ।
न्यायाधीश मीरा खड्काको एकल इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ।
२३ भदौमा निर्वाचन आयोगविरुद्ध उनीहरूले रिट दायर गरेका थिए।
सनाखत गर्न नपाएकै कारण एमालेमा रहनु परेको भन्दै अन्तरिम आदेशमार्फत् एकीकृत समाजवादी पार्टीको सांसद कायम गरिदिन उनीहरूले माग गरेका छन्।
नयाँ दल दर्ताका लागि दिएको निवेदनमा नाम नभएपछि निर्वाचन आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको जनाएको छ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार नयाँ दल दर्ता गरेर अलग हुन चाहेको अवस्थामा एकैपटक जान चाहने सांसद वा पार्टीका नेताहरूको नाम दिनुपर्ने हुन्छ।
यही प्रावधानमा टेकेर आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको प्रष्ट्याएको छ।
९ भदौमा नेता माधवकुमार नेपालसहितका नेताहरूले आयोगमा दल दर्ताको निवेदन दिँदा उनीहरूको नाम थिएन।





























प्रतिक्रिया