मुख्यसचिवमा शंकरदास वैरागी, पूर्व मन्त्री खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस

मुख्यसचिवमा शंकरदास वैरागी, पूर्व मन्त्री खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामालाई स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते नियमित अवकाश पाउने रेग्मीले त्यसको केही समय पहिले नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिवमा नियुक्त भएका हुन् ।

त्यस्तै सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार समेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरिएको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो । राष्ट्रपतिले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । संसदीय समितिले अनुमोदन गरेपछि उनीहरुको राजदूत हुने बाटो खुल्नेछ ।

Logo