नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छिन्। राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैको स्वार्थका लागि आफ्नै कुर्सीलाई अपमान गर्ने व्यक्ति पदमा बस्न लायक नभएको बताइन्।
'संवैधानिक प्रक्रियाअनुसार विधि प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको स्वार्थका लागि, कसैको विनाशका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?' उनले प्रश्न गरिन, 'जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन।'
सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन्।
'हिजो रामबहादुर बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरू जसले पार्टीको ह्विप मानेनन्, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ ?' उनले प्रश्न गरिन्, 'एउटै दिमागभित्र दुईवटा चिन्तन ? एउटै जिब्रोभित्र दुईटा बोली ? यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनु हुँदैन।'
सभामुख पदलाई आँच पुर्याएकाले सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो। 'न्याय भनेको कसैलाई लागू हुने कसैलाई नहुने हुन सक्छ र? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नु हुन्छ? खुट्टी हेरेरै पत्याइयो। व्यवहारले नै पत्याइयो। मानव जीवनमा प्राप्त गरेको अमूल्य समयको दुरुपयोग सभामुखले गर्नुभएको छ। नेपालको संसदीय इतिहासमा कलंकित बन्नेछ,' उनले भनिन् ।न्युज कारखाना































प्रतिक्रिया