काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको मुद्दा ‘हेर्दैहेर्दै’ मा परेको छ।
संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चको एकल इजलासले अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो।
प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि हेर्दाहेर्दैमा पेसी शुक्रबारका लागि सरेको हो।
०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै गत बिहीबार माननीय बनेका हुन् । प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए । संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए । अढाई वर्ष अघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।अन्नपूर्णबाट





























प्रतिक्रिया