नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन चयन

नेपाली कांग्रेस (बीपी)को सभापतिमा शेरचन चयन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन भएका छन् । 

भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कांग्रेस (बीपी)को उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीमा देवेन्द्रप्रकाश पौडेल र सहमहामन्त्रीमा जगन्नाथ घिमिरेलाई चयन गरिएको छ ।

विशेष महाधिवेशनले ६२ केन्द्रीय सदस्य चयन गरेको छ । कांग्रेस (बीपी) को आज सम्पन्न विशेष महाधिवेशनले पार्टीका संस्थापक सभापति हरिबोल भट्टराईलाई सर्वोच्च नेता चयन गरेको छ ।

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस (बीपी)ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे । विसं २०७२ भदौ २४ मा पार्टी स्थापना भएको हो । रासस 

Skip This
Skip This
Logo