एमालेको अवरोधका बीच सभामुखले थाले संसद्को कारवाही

एमालेको अवरोधका बीच सभामुखले थाले संसद्को कारवाही

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारवाही सुरु गर्न नपाउँदै एमालेले सभामुख अघिको वेल घेरेको हो।

यसअघिको जस्तै एमालेले संसदीय मर्यादा कायम गर, संसद्को सर्वोच्चता कायम गर, सभामुखले दल फुटाउन पाउँदैनन् भन्दै विरोध गरेको छ।

तथापि सभामुखले भने एमालेको अवरोधकाबीच संसद्को कामकारवाही सुरु गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ।

सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ। 

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल शुरू गराएका छन्।

Skip This
Skip This
Logo