प्रतिनिधिसभाको आजको बैठक सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेलाई पेलेरै अघि बढाइरहेका छन्।
एमालेको अवरोधकै बीच सभामुखले बैठक पेलेर सञ्चालन गरिरहेका छन्। तथापि एमालेले भने विरोध स्वरुप चर्को नारावाजी गरिरहेको छ। त्यसको कुनै पर्वाह नगरि सभामुख लगातार कारवाही अघि बढाइरहेका छन्।
आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ।
विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरि कार्यसूची तय गरिएको छ।































प्रतिक्रिया