सरकार बनेको दुई महिनापछि बल्ल एक मन्त्री थप : आज शपथ

सरकार बनेको दुई महिनापछि बल्ल एक मन्त्री थप : आज शपथ

केन्द्रबिन्दु
0
Shares

सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल एक मन्त्री थप्ने भएका छन् । 

मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले कांग्रेसका नेता डा. नारायण खड्कालाई पराराष्ट्रमन्त्री बनाउने सहमति जुटाएपछि बल्ल एक मन्त्री थप हुने भएकाे हाे । 

असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए । त्यसपछि साउन १० उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषदमा खड्कालाई थप्न लागेका हुन् ।

खड्कालाई आज (बुधबार) नै मन्त्रीको सपथ खुवाउने तयारी छ । आज पनि गठबन्धनको बैठक बस्दै छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपाका मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भइरहेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् । 

 

Logo