पार्टी कब्जा गर्ने हिसाबको गुण्डागर्दी स्वीकार्य छैनः शेखर कोइराला

पार्टी कब्जा गर्ने हिसाबको गुण्डागर्दी स्वीकार्य छैनः शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेका महामन्त्री शेखर कोइरालाले पार्टी कब्जा गर्ने हिसाबको गुण्डागर्दी स्वीकार्य नभएको प्रतिक्रिया दिएका छन् ।
 
प्रदेश नम्बर २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्लाका एक वडाध्यक्षमाथि गरेको कुटपिटको विरोध कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । 

“पार्टी कब्जा गर्ने हिसाबले जिल्ला जिल्लामा नेताहरूले गुण्डागर्दी गरिरहनु भएको छ । यो नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई स्वीकार्य हुँदैन ।” पार्टी सभापति शेरबहादुर देउवालाई इंगित गर्दै उनले भने “भर्खरै देउवाको जिल्ला डडेलधुरामा सम्पन्न अधिवेशनमा प्रहरी प्रशासन लगाएर अधिवेशन गरियो । नेपाली कांग्रेसको ७५ वर्षको इतिहासका कहिल्यै नभएको कुरा हो । र अहिले जुन घटना सर्लाही जिल्लामा भयो त्यो नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई कहिल्यै स्वीकार्य हुँदैन ।”

प्रदेश २ का मन्त्री सिंहले सर्लाही बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि कुटपिट गरेका थिए ।

“प्रदेश नम्बर दुईको आठै वडा जिल्लामा क्रियाशील सदस्यताको विवाद आजसम्म पनि टुंगो लाग्न सकेको छैन,” क्रियाशील सदस्यता विवादका बारेमा बोल्दै महामन्त्री कोइरालाले भने “क्रियाशीलको टुंगो नलागेका जिल्लाहरूमा बिहान एउटा निर्णय हुन्छ, दिउँसो अर्को हुन्छ, अनि फेरी राति अर्कै निर्णय हुन्छ ।”
 

Logo