‘प्रधानमन्त्रीलाई मनलाग्दी गर्ने विशेषाधिकार कसले दियो ?’ : रिट निवेदक समृत खरेल (भिडियोसहित)

‘प्रधानमन्त्रीलाई मनलाग्दी गर्ने विशेषाधिकार कसले दियो ?’ : रिट निवेदक समृत खरेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाई जारी छ । संवैधानिक इजलासमा रिट निवेदकहरूको बहस जारी नै छ ।

यही बहसका क्रममा एक २५ वर्षे युवा एकाएक चर्चामा आए। उनी हुन् समृत खरेल । उनी कानुन व्यवसायी होइनन्, तर, कानुन अध्ययनरत विद्यार्थी हुन् । नेपाल ल क्याम्पसमा बिए एलएलबी पाँचौँ वर्षमा अध्ययनरत खरेल प्रतिनिधिसभा विघटन विरुद्ध रिट निवेदकसमेत हुन् ।

समृतले सर्वोच्च अदालतको पोडियममा प्रतिनिधिसभा विघटनबारे १५ मिनेट बहस गरे र उनको बहसले सबैको ध्यान खिच्यो । आज हामीले उनै कानूनका विद्यार्थी तथा देशको व्यवस्थाप्रतिका एक सचेत युवासँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :

Logo