संसदमा एमालेको अवरोध जारी, अर्को बैठक असोज १९ गते बस्ने गरी स्थगित

संसदमा एमालेको अवरोध जारी, अर्को बैठक असोज १९ गते बस्ने गरी स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठकमा पनि अवरोध सृजना गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न नपाई एमालेले बैठकमा नारा लगाउन सुरु गरेका थिए।

आजको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, पक्षपातपूर्ण व्यवहार मुर्दावादलगायत नारा लगाएका थिए।

यता सभामुखले पनि यस अघिजस्तै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संघीय संसद्मा कुनै छलफल नहुने स्मरण गराएका थिए।

तथापी एमालेले नियमित गैर सांसदलाई प्रवेश निषेध गर भन्दै निरन्तर नारा लगाए।

त्यसो त गएको २३ भदौपछि एमालेले नियमित संसद् अवरुद्ध गरिरहेको छ।

बिहीबारसहित नेकपा एमालेले १३ बटा बैठक अवरुद्ध गरिसकेको छ। 

तर, सभामुखले भने एमालेको अवरोधकै बीच बैठक सुचारु गरिरहेका छन्। 

बिहीबार पनि सभामुखले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको अध्यादेश पढेर सुनाए भने कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई महालेखाको ५८ औं बार्षिक प्रतिवेदन संसद्मा पेश गर्न अनुमति दिए।

त्यसबेलासम्म पनि एमालेले संसद्मा अवरोध सृजना गरेपछि सभामुखले असोज १९ मंगलबार सम्मका लागि स्थगित गरेका छन्।
   
 

Skip This
Skip This
Logo