मेरा लागि दसैँ फुर्सदको समय पनि हो: गगन थापा

मेरा लागि दसैँ फुर्सदको समय पनि हो: गगन थापा


हामीहरूको खास एउटा गुठी छ । थापाहरूको गुठीमा सामूहिक टीका हुन्थ्यो । तर गत वर्षदेखि कोभिड-१९ संक्रमण महामारीले रोकिएको गुठी टीका यसपालि पनि रोकिने भएको छ । त्यसो हुँदा आफ्नै परिवार र आफन्तहरूसँग मात्रै दसैँ मनाउँछौँ ।

राजनीतिक दौडधुपले परिवारलाई समय दिन नभ्याइरहेका बेला मेरा लागि त फुर्सदको समय पनि हो । तीन/चार दिन सबै कुरा छोडेर घर बस्ने, मन्दिर जाने,  बच्चाहरू, आमा बासँग पूर्ण समय बित्छ । अस्ति फुर्सद निकालेर केटाकेटीलाई लिएर कपडा किनेर आएँ । यसरी नै बित्छ । मैले शुभचिन्तकलाई टीका लाइदिने चलन छैन । मैले आमाबुवाबाट लाउँछु ।

मेरो बुवाआमासँग मेरा साथीहरू धेरै वर्षदेखि टीका लगाउनु हुन्छ परिवारजस्तै मानेर । उनीहरूसँग मेरो भेट हुन्छ । यसपालि घुमघामको योजना पनि छ । एकादशीपछि दुई दिन जतिलाई भए पनि कतै निस्किनुपर्छ भन्ने सोचेको छु । विजयादशमीको भोलिपल्ट घरमा बसेर दुई दिनलाई परिवारै उपत्यका बाहिर जाने योजना छ ।

Logo