१० दिनभित्र जिल्ला तह र केन्द्रीय भ्रातृ संगठनको समायोजन टुङ्ग्याउने राप्रपाको निर्णय

१० दिनभित्र जिल्ला तह र केन्द्रीय भ्रातृ संगठनको समायोजन टुङ्ग्याउने राप्रपाको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहको समायोजन र भ्रातृ संगठनको केन्द्रीय तहहरुको समायोजन असोज २१ गतेसम्ममा गर्ने निर्णय गरेको छ । आइतबार कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेको हो ।

राप्रपाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ–‘पार्टीको जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ ।’

त्यस्तै पार्टीको ‘झण्डोत्तोलन तथा चुनाव चिन्ह’ प्रचार अभियान केन्द्रीय स्तर, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तह र वडा स्तरसम्म गर्ने निर्णय समेत गरिएको छ । उक्त अभियानको समयतालिका भने पछि निर्धारण गर्ने सहमति गरिएको छ ।

त्यस्तैगरी केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको अर्को बैठक २०७७ असोज १५ गते पुनः बस्ने निर्णय गरिएको थियो । सचिवालय कार्य व्यवस्था समितिको आजको बैठकमा तीन अध्यक्षद्वय थापा, पशुपति शम्शेर ज.ब.रा., डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरुको उस्थिति रहेको थियो ।

Logo