एमाले अध्यक्ष केपी ओलीको आफ्नै वडामा सहमति हुन नसक्दा अन्ततः वडा अधिवेशनमा निर्वाचन हुने देखिएको छ ।
अध्यक्ष ओलीले बस्दै आएको सूर्य विनायक नगरपालिका–२ बालकोट भक्तपुरको एमाले वडा अध्यक्षका लागि केशव खत्री र कविराज खडका दुवैले दाबी नछाडेपछि अन्ततः निर्वाचनमा जाने सहमति गरी शनिवार बिना निष्कर्ष अधिवेशन सकिएको थियो । वडा अधिवेशन उद्घाटन गर्दै ओलीले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका थिए । तर आफ्नै वडामा भने चुनाव हुने निश्चित भएको छ ।
यसअघि दुई दुई पटक अध्यक्ष भइसकेका खत्रीले तेस्रो पटक पनि अध्यक्षमा दाबी गरेका छन् भने युवा संघका नेता खड्काले नयाँ पुस्ताले नेतृत्व हस्तान्तरण गराउनु पर्ने भन्दै दाबी प्रस्तुत गरे पछि शनिवार सहमति हुन नसकेको एक नेताले बताए ।
उनका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले उद्घाटन गरेको वडा अधिवेशनमा दुवैले दाबी नछाडेपछि आइतबार निर्वाचनबाट टुंग्याउने गरी अधिवेशन स्थगित गरिएको थियो । आइतबार बिहानको प्रयास पनि असफल भएपछि दुई बजेका लागि निर्वाचन गर्ने समय तय भएको छ । यसबिचमा दुवै पक्षलाई मिलाउन एमालेका स्थानीय नेताहरू लागिपरेको स्थानीय गोपाल खनालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा विश्वराज विष्ट र सचिवमा रवि श्रेष्ठ भने सर्वसम्मत चयन भइसकेका छन् । न्युज कारखाना





























प्रतिक्रिया