प्रदेश १ का मुख्यमन्त्रीले कार्तिक १५ गते मात्रै विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्रीले कार्तिक १५ गते मात्रै विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले कार्तिक १५ गते मात्र विश्वासको मात लिने भएका छन् । आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रक्रिया अघि बढाउन आजका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित भएको हो ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरूसँग छलफल गरेर कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी बैठक स्थगित गर्ने निर्णय गरेका हुन् ।

फ्लोर क्रसको हल्लाले प्रदेश १ मा भूकम्प: प्रदेशसभा रोक्न कांग्रेस र एमाले दुवैले दियो लिखित निवेदन

नेपाली कांग्रेसका रामचन्द्र पौडेल र शेखर कोइराला पक्षका सांसदले फ्लोर क्रस गरेर प्रदेश १ एमालेको सत्ता जोगाउने सूचनाले प्रदेश १ मा राजनीतिक भूकम्प ल्याएको छ ।

फ्लोर क्रसको विषमा कुनै पनि नेताहरूले खुलेर बोल्न नचाहे पनि केही नेताहरुले सांकेतीक रूपमा कांग्रसका सांसदले फ्लोर क्रस गर्ने बताएका थिए । प्राप्त सूचना अनुसार कांग्रेसबाट  तीन जना र एकृकित समाजवादीबाट एक सांसदले फ्लोर क्रस गर्ने आंकलन गरिएको थियो ।

सोही सूचनाको फलस्वरूप नेपाली कांग्रेसले आज बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।

त्यस्तै नेकपा एमालेले पनि कार्तिक १५ गतेसम्म प्रदेश प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई पत्राचार गरेको छ ।  पार्टीको अधिवेशनको कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न सभामुख समक्ष माग गरेको हो ।

एमालेद्वारा जारी पत्रमा भनिएको छ , ‘प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको तर्फबाट आजको बैठक स्थगन गर्नका लागि सभामुखसमक्ष पत्र पेस गरेको जानकारी हुन आउँदा हाम्रो पार्टी एमालेको पनि दशौँ महाधिवेशन अन्तर्गत कात्तिक ९ गते पालिका अधिवेशन, ११ गते स्थायी कमिटी बैठक तथा १२ र १३ गते केन्द्रीय समितिको बैठक भएको हुँदा १४ गते बाटोको म्याद राखी १५ गते प्रदेशसभाको बैठक सञ्चालन गर्न उपयुक्त हुने ब्यहोरा अनुरोध छ ।’

सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ। संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ। जसमा एमालेका ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेका छैनन्। 

प्रदेश १ः कांग्रेसले फ्लोर क्रस गर्ने सत्ता पक्षकाे संकेत

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आज मतदान हुने भएको छ ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत गुमाउने पक्का भएको नेकपा एसका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले केन्द्रविन्दुलाई जानकारी दिए । उनले भने ‘मुख्यमन्त्री आचार्यले विश्वासको मत गुमाउने पक्का भएको छ । आज हुने मतदानमा आचार्यको पक्षमा ३९ मत र विपक्षीमा ५० मत झर्ने सम्भावना रहेको छ ।’

घिमिरेका अनुसार आचार्य विश्वासको मत गुमाएर आजै सरकारबाट बहिर्गमन हुने  छन् । यता पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै एकृकित समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का भएको उनको भनाई छ ।

प्रदेशसभा सदस्य घिमिरेले आफू पनि मन्त्री बन्ने दाबी गरेका छन् । तर आफूले कुन मन्त्रालय पाउने भन्ने विषयमा भने उनले कुनै जानकारी दिएका छैनन् ।

तर सत्तारुढ दलका प्रदेशसभा सदस्य राजकुमार ओझाले स्थिति उल्टिन सक्ने सम्भावना रहेको दाबी गरेका छन् । एमालेले ३९ मत मात्रै पाएर सरकार ढल्ने हो त ? भन्ने प्रश्नमा उनले भने ‘अवस्था ठिक वपिरित भयो भने के गर्ने ? विश्वासको मतको पक्षमा ५० र विपक्षमा चाहिँ ३९ मत मात्रै पनि त हुन सक्छ ।’

विभिन्न सञ्चारमाध्यमहरूले नेपाली काँग्रेसका रामचन्द्र पौडेल र शेखर कोइराला खेमाका संसदहरुले फ्लोर क्रस गर्ने सम्भावना रहेको बताउँदै गर्दा ओझाको उक्त कुरालाई अर्थपूर्ण रूपमा बुझ्न सकिन्छ । फ्लोर क्रसका विषयमा खुलेर नबोलेका ओझाले  फ्लोर क्रस हुने सम्भावना बलियो रहेको संकेत भने गरेका हुन् ।

Logo