लण्डन पुगे प्रधानमन्त्री देउवा

लण्डन पुगे प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप २६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लण्डन आइपुगेका छन् । 

लण्ड हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका देउवालाई स्वागत गर्न  सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल पुगेका थिए ।

आजै शनिवार प्रधानमन्त्रीले सर्वदलीय संसदीय समूह र नेपाल बेलायत व्यापार तथा लगानी मंचले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने छन् ।

देउवाले बेलायत नेपाली समाज, गैर आवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।  जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरूङका अनुसार उनले आजै नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई सम्बोधन गर्ने छन् ।

उनले भोलि आइतबार तारिख नेपाली डायस्पोरा र बेलायती संसद्का ब्रिटिस गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ ।

१ नोभेम्बरमा प्रधानमन्त्री देउवा कोप २६ सम्मेलनमा भाग लिनेछन् ।  

Logo