जनता समाजवादी पार्टीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्ने प्रस्ताव गरेका छन् ।
आज सर्लाहीमा आयोजित एक कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले जसपासँग पार्टी एकता गर्न प्रस्ताव गरेको हुन् । उनले कार्यक्रममा सहभागी जसपा नेता महेन्द्र राय यादव तर्फ संकेत गदै यस्तो प्रस्ताव गरेका हुन् ।
उनले भने ‘महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ? गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिलो नगरौँ, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ ।’
उनले जनकपुरमा पार्टी एकताको घोषणा गर्ने बताउँदै भने नडराई पार्टी एउटै बनाऔँ, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौँ ।’































प्रतिक्रिया