एमाले माेरङकाे लेटाङ नगर अध्यक्षमा लुईंटेल सर्वसम्मत चयन

एमाले माेरङकाे लेटाङ नगर अध्यक्षमा लुईंटेल सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको लेटाङ नगर अध्यक्षमा कृष्णप्रसाद लुईंटेल सहमतिका आधारमा चयन भएका छन्। 

शनिबार भएको पार्टीको प्रथम नगर अधिवेशनमा अध्यक्ष पदमा ४ जनाले उम्मेद्वारी दिएकामा अन्ततः सहमतिको आधारमा लेटाङ नगरपालिका वडा नं ९ का अध्यक्षसमेत रहेका लुईंटेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

त्यस्तै प्रथम ऐतिहासिक नगर अधिवेशनबाटै उपाध्यक्षमा बालकुमार श्रेष्ठ, सचिवमा जितबहादुर तामाङ, उपसचिव (पुरूष)मा खड्कबहादुर दिल मगर र उपसचिव (महिला )मा पुनम मास्की मगर निर्वाचित भएका छन्। 

अध्यक्ष लुइँटेलसहित सम्पूर्ण ७५ सदस्यीय निर्वािचत कमिटीले शनिबार मध्यरातिनै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष लुइँटेललाई प्रतिनिधि सभा सदस्य तथा एमाले प्रदेश नम्बर १ कमिटी सदस्य घनश्याम खतिवडाले र अन्यलाई अध्यक्ष लुइँटेलले सपथ गराएका थिए।

Skip This
Skip This
Logo