प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने

प्रधानन्यायाधीशविरुद्ध बारले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ।

बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो। आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ।

बारका महासचिव लिलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए।

Logo