पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय खारेज नगरे कालोमोसो दल्ने अखिल क्रान्तिकारीको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय खारेज नगरे कालोमोसो दल्ने अखिल क्रान्तिकारीको चेतावनी

केन्द्रबिन्दु
0
Shares

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

आइतबार टेकुस्थित नेपाल आलय निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आलय निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आलय निगमका अधिकारीहरूलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए । अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जबाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताए ।

अध्यक्ष गजुरेलले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, खाना पकाउने एलपी ग्याँसको मूल्य १५ सय बनाएको छ, पेट्रोलको मूल्य १३३, डिजेल मट्टितेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक बाह्यमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ, यसको हामी घोर भर्त्सना र निन्दा गर्दछौँ, नेपाल सरकार नेपाली जनताको लागि जबाफदेही भएन, सरकारले लुटतन्त्र मच्चायो, स्वार्थपूर्तिका लागि र सत्ता टिकाउनका लागि मात्रै काम गरिरहेको छ, अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिन अपिल गर्दछु ।’

अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । नेपाल आलय निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।

Skip This
Skip This
Logo