एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदैछन् अतिथि ?

एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदैछन् अतिथि ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ। 

आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। 

महाधिवेशनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक शक्ति र नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन्। देशभित्रका ‘ठेगाना’ खुलेका राजनीतिक शक्तिलाई आमन्त्रण गरिने भट्टराईको भनाइ छ। 

उनकाअनुसार महाधिवेशनमा एमालेसँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ। 

निमन्त्रण पठाइएकाबाट सकारात्मक सन्देश प्राप्त भएको भट्टराईले बताए। उनका अनुसार नेपालका प्रमुख राजनीतिक दलहरू र नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरूलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिनेछ।

Logo