एमाले जाजरकोटमा सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

एमाले जाजरकोटमा सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ। सम्पन्न अधिवेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुका साथै पालिका र वडा कमिटीहरु गठन गरेको छ। पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो।

देश संघीय संरचनामा गएपछि नेकपा (एमाले), जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो। सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ।

नेकपा (एमाले), जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अधिवेशनहरुले भेरी नगर कमिटी अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेशबहादुर थापालाई सर्वसहमत चयन गरेका छन्। 

त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटी अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटी अध्यक्ष जयबहादुर विकलाई सर्वसहमत चयन गरिएको छ।

जिल्लाका सात वटा स्थानीय तह र ७७ वटा वडामा अधिवेशन सम्पन्न गर्नुको साथै पालिका र वडास्तरमा नयाँ नेतृत्व चयन गरेको नेकपा (एमाले) जाजरकोटले जनाएको छ।

Logo