सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गरेका छन्।
सञ्चारमन्त्रीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गरेका हुन्। सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गरेको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए। उनका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइहरु देवेन्द्र कार्की, डा मृगेन्द्र कार्की र लोकेन्द्र कार्कीले टीका ग्रहण गरे।
टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए।
file photo





























प्रतिक्रिया