न्यायाधीश र बारको आन्दोलनबीच प्रधानन्यायाधीशले गरे ६ वटा इजलास गठन

न्यायाधीश र बारको आन्दोलनबीच प्रधानन्यायाधीशले गरे ६ वटा इजलास गठन

केन्द्रबिन्दु
0
Shares

न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन्। ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ। 

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन्। 

न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन्। उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन्। 

Skip This
Skip This
Logo