सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा निर्वाचन अधिकृत तोकेको छ। प्रदेश–२ का ८ जिल्लासहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा यसअघि नै टेकप्रसाद सुवेदीलाई मतदान अधिकृत तोकिसकेको थियो। यस्तै बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाइएको छ।
यस्तै सप्तरीमा डा. रुद्र शर्मा, सिरहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रप्रसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ। निर्वाचन अधिकृतहरु कात्तिक २२ गते तोकिएको जिल्लामा पुग्ने निर्वाचन समितिले जनाइएको छ।
निर्वाचन समितिले वडा अधिवेशन हुन बाँकी जिल्लामा कात्तिक २७ गतेका लागि मिति तोकेको छ। २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइसकेको छ भने ६४ जिल्लामा पालिका अधिवेशन पनि सकिएको छ।





























प्रतिक्रिया