गृहमन्त्री बालकृष्ण खाणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले कोरोनाका कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। उनले उद्योग क्षेत्रमा राष्ट्रव्यापीरुपमा समस्याहरु देखापरेको र ती समस्याहरुलाई समाधान गर्न वर्तमान सरकार तत्पर रहेको बताए।
उनले माल, समान ल्याउने क्रममा व्यापारीहरुलाई अनावश्यक रुपमा दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरुलाई आग्रह गरे। मन्त्री खाणले भाषा, संस्कृतिको विकासका लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि बताए।
उनले राष्ट्रिय राजनीतिक मुलधारमा नआएका पार्टीहरुसँग सम्वाद र छलफल गरी राजनीतिक मुलधारमा ल्याउने काम भइरहेको जानकारी दिए। गृहमन्त्री खाणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।





























प्रतिक्रिया