प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृह जिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशकाे नामकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।
अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईकाे भनाइ छ । नामकरणका लागि पहिचान बोकेका कोसी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरण नामकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने उनले बताए । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनेका भनाइ छ । प्रदेशकाे नामकरण बहु पहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले बताए । पूर्व मुख्यमन्त्री शेरचन राईको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उनले आरोप लगाए । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
अरुण नदीमा पक्की पुल बन्छ
भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने उनले बताएका छन् । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदवारि नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा मुख्यमन्त्री राईले दुःख व्यक्त गरे । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लावासीलाई आग्रह गरे । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवासीले निकै सास्ती पाएको उनले बताए । अरुण नदीमा फुक्की पुल बनाएर मुख्यमन्त्री भएर वाचा पूरा गर्न मुख्यमन्त्री राईले बताए । संघीय सरकार १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दु:खद् भएको बताए । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा फुक्की पुल निर्माण गरेरै छोड्ने उनले बताए । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्धता जनाए ।





























प्रतिक्रिया