एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

एमसीसी यथास्थितिमा अगाडि नबढाउने माओवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसी परिमार्जनबिना अगाडि बढाउन नहुने निर्णय गरेको हो। 'एमसीसीमा केही प्रश्न उठेका छन्। हाम्रो पार्टी केही कुरामा राष्ट्रिय सहमति नभइकन र केही सच्याउनुपर्ने कुरा नसच्याई अगाडि नबढाउने भन्ने भएको छ,' प्रवक्ता कृष्ण महराले भने।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गराउन अमेरिकालाई पत्र लेखेर पठाइसकेको बताएका थिए। जसमा माओवादी अध्यक्ष प्रचण्डले पारित गराउन राष्ट्रिय सहमति खोज्न प्रयत्न गर्ने भनेर माओवादी पार्टीले पत्र पठाएको दाबी गरेका थिए। देउवा र प्रचण्डमध्ये एउटाले झुटो बोलेको भनेर चर्चा भइरहेका बेला माओवादी पार्टीले एमसीसी परिमार्जनमा जोड दिएको हो।

स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रीत गरेर सांगठनिक कामहरु टुंग्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ। 'प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो। केही प्रदेशमा पदाधिकारी तोक्न बाँकी छ। सबै प्रदेशमा टुंग्याउने, पदाधिकारीमा कसलाई कहाँ राख्ने परामर्शमा टुंग्याउने गरी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ,' प्रवक्ता महराले भने।

बैठकले ११-१३ पुसमा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गर्ने निर्णय समेत गरेको छ।  

माओवादीले महाधिवेशन काठमाडौंमा गर्ने

नेकपा माओवादी केन्द्रले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ। मंगलवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनका अनुसार बैठकले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिल र न्यायाधीशले जारी राखेको आन्दोलनमा पार्टीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने निर्णय गरेको छ। 

न्यायालयको विवाद आन्तरिक भएको ठहर गरेको बैठकले न्यायालयभित्रैबाट यो समस्याको समाधान हुनुपर्ने भनेको छ। बैठकले संशोधनपछि मात्र एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको महराले जानकारी दिए। 

Skip This
Skip This
Logo