नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हाे।
एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ। महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वकाे सरगर्मी बढेको छ। नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ। महाधिवेशन मूल व्यवस्थापन समितिको यस अघि च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो।
साे बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेकाे छ। एमालेले महाधिवेशन मंसिर १०-१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेकाे छ।































प्रतिक्रिया