गाउँपालिका अध्यक्षसहित तीन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

गाउँपालिका अध्यक्षसहित तीन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्गसहित तीन वटाका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गुरुङ्गसहित वडा नम्बर १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नम्बर २ का अध्यक्ष  छोईक्याप भोटे, वडा नम्बर ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी उनीहरूलाई पार्टी प्रवेश गराउन डोल्पा पुगेका थिए । गुरुङ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । 

Skip This
Skip This
Logo