माओवादीबाट निर्वाचित धनकुटाका दुई वडाध्यक्षलाई कारबाही सिफारिस

माओवादीबाट निर्वाचित धनकुटाका दुई वडाध्यक्षलाई कारबाही सिफारिस

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा पार्टीबाट निर्वाचित २ जना वडा अध्यक्ष पार्टीबाट निष्कासित गरेको छ।

माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७(ञ) अनुसार पार्टीबाट निष्कासन गरेको पार्टीका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए । उनीहरूलाई वडा अध्यक्ष पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरूको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टीकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निष्कासनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले बताए ।

महालक्ष्मी ३ का वडाध्यक्ष थापा ९ कात्तिकमा एमाले प्रवेश गरी एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन् । न्युज कारखाना

Logo