एमाले सचिवले मागे महाधिवेशनका लागि १०० रुपैयाँ

एमाले सचिवले मागे महाधिवेशनका लागि १०० रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ। हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो।

यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ।

प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, 'तपाईं संगठित सदस्यहरूले रु १००/- मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ। सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन।'
 

Skip This
Skip This
Logo