इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा चक्काजाम

इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा चक्काजाम

केन्द्रबिन्दु
0
Shares

पेट्राेलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीहरूले चक्काजाम गरेका छन्। बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन्।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन्।

अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन्। मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलनलाई जारी राखिने अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिए।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।   

Skip This
Skip This
Logo