न्यायपालिका भित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने: देव गुरु

न्यायपालिका भित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने: देव गुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिका भित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायपालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरूको एजेन्डा नबनेको बताएका हुन् । उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसद्मा एजेन्डा बनेमा अथवा कार्यपालिकाको एजेन्डा बनेमा मात्रै राजनीतिक दलहरू आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यता अनुसार त्यही भित्रबाट निकास खोज्नुपर्ने बताए । उनले भने – ‘अहिले दलहरूले एजेन्डा बनाउने विषय पनि होइन । दलहरूको क्षेत्राधिकार भित्रको विषय पनि पर्ने कुरा भएन । भविष्यमा संसद्मा एजेन्डा बन्यो या कार्यपालिकाको एजेन्डा बन्यो भने त्यो बेलामा दलहरू आकर्षित हुने कुरा एउटा पाटो भयो । अन्यथा अहिले दलहरूको एजेन्डा बनिसकेको जस्तो लाग्दैन । अहिले न्यायालय लगायतका कुनै पनि निकायभित्र पैदा भएको समस्याको समाधान त्यहीँबाट खोज्नु नै उपयुक्त हुन्छ । संविधानको भावना र मर्म अनुसार, न्यायपालिकाको स्वतन्त्रताको मान्यता अनुसार त्यही ढङ्गले निकास खोज्नुपर्छ भन्ने लाग्छ ।’

उनले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न भूमिका खेल्ने बताएका छन् । नेता गुरुङले एमसीसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसीसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको बताए । 

Logo